कांग्रेसका नेता पूर्णबहादुर खड्काको कारबाही प्रक्रिया अघि बढ्ने

काठमाडौ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पार्टी विधानअनुसार स्पष्टीकरण माग गर्दै कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। समितिले अनधिकृत रूपमा पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेको आरोपमा खड्कासँग सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो। केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको अनुशासन समितिको निर्णयअनुसार खड्काले वैशाख २ गते नभएको…