काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्ने विश्वास व्यक्त गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीपंक्ति विभाजित छ । तर आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरको तर्फबाट बोल्दै नेता जगदीश्वरनरसिंह केसीले सभापतिलाई महामन्त्रीहरूले पत्र पठाउने बताए । उनले भने,…