काठमाडाैँ । विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिसहित काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध…