राष्ट्रपतिबाट मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनी रुप लिएको छ र कार्यान्वयनको बाटो खुलेको छ। विधेयक प्रतिनिधिसभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले बिहीबार सर्वसम्मतीले पुनः पारित गरेको थियो…