विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगर महानगरपालिकाका ३०५ जनाको आँखाको परीक्षण र ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसितको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गराएको हो । मञ्चले बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरेको छ । मञ्चका आयोजनामा महानगरपालिकाको वडा नम्बर १ स्थित सयपत्री आधारभूत विद्यालयमा भएको…