काठमाडौ । ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरुङलाई आज बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । प्रहरीले त्यस विषयमा विशेष अपरेसन चलाइरहेको जनाएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशङ्कामा…