काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले २३औँ नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको छ । परिषद्ले मंगलबार सूचना जारी गर्दै साउन ३२ गते बेलुका ५ बजेसम्म आवेदन दिन सकिने जनाएको हो । सम्पूर्ण प्रमाणपत्र नोटरी पब्लिकद्वारा प्रमाणित गराई आवेदन भर्न परिषद्ले सूचनामा भनेको छ । कागजात प्रमाणीकरण नभएमा त्यस्ता फारमहरूलाई स्वतः रद्द गर्ने जनाइएको छ…