काठमाडौँ। नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण बुझाएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले बिहीबार ललितपुरको च्यासलस्थीत एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका…