तनहुँ । आँबुखैरेनी गाउँपालिकाले ऐना पहरा उद्यानबाट सात महिनामा रु. ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका-४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु. दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुंगालाई कलात्मक बनाएर…