तराई-मधेशका पूर्वाधार आयोजना सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेशका पूर्वाधार विकास आयोजनाहरूलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै ती योजनाहरू समग्र देशको आर्थिक तथा सामाजिक विकासका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा तराई-मधेशका परियोजनाहरूलाई सोह्रौँ योजनामा विशेष स्थान दिइएको उल्लेख गर्दै नीति तथा कार्यक्रम र बजेटमार्फत निरन्तर…