नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालत काठमाडौँमा आइतबार मुद्दा दायर गरेको हो । बस्नेत उपर बिगो आठ करोड उनन्सत्तरी लाख सतासी हजार एक सय पाँच रुपैयाँ कायम गरी गैर कानुनी आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका…