काठमाडौँ । लमजुङका आधा दर्जनभन्दा बढी सरकारी कार्यालय दरबन्दी अनुसार प्रमुख नहुँदा निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । लामो समयदेखि जिल्ला कारागार, मालपोत, हुलाक, जिल्ला निर्वाचन कार्यालय, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन सिँचाइ कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैँची जोन) कार्यालय प्रमुखविहीन अवस्थामा रहेका…