इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनी इरानस्थित मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका परराष्ट्रमन्त्री शीसिर खनालले जनाएका छन्। उनलाई इरानबाट बाहिर ल्याउने काम भइरहेको पनि मन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्। यसैबीच, इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्वका…