काठमाडौं । चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर काठमाडौं अवतरण गरेका हुन्। दुवै विमान चीनको चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब तीन घण्टापछि काठमाडौं आइपुगेका हुन्। नेपालमा पछिल्लो समय देखिएको विपद्का कारण…