काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधवार ४ वटा कम्पनीलाई कारबाही गरेको छ । दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही गरी ९० हजार जरिमाना तिराएको हो । तथ्यांकअनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, सुन्दर…