सम्पत्ति शुद्धीकरणमा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउनुपर्छ : प्रवक्ता गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सम्पत्ति शुद्धीकरण’ को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन जरुरी रहेको बताएका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता गुरुङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन सरकारले अभियान नै सुरु गर्ने निर्णय…