गुठी विधेयक तत्काल ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन दिएको हो । बैठकको अन्तिममा समिति सभापति सोनाम गेल्जेन शेर्पाले, समितिको निर्णय सुनाउँदै जति सक्दो चाँडै गुठी विधेयक ल्याउन निर्देशन दिए । उनले भने, ‘समस्या छ समाधान गर्न जतिसक्दो…