काँग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई केन्द्रमा राखेर मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मिडिया सेन्टर शुक्रबारदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा मिडिया सेन्टर सञ्चालन गरिएको हो । महाधिवेशनसम्बन्धी सूचना, समाचार तथा अन्य सामग्रीको प्रभावकारी प्रचार–प्रसारमा सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको संयोजक…