मुगु । राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दु धर्म अनुसार भूमि पूजा गरिएको हो । प्रदेशमा तीनतारेसम्मका होटल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलो पटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालीका परियोजना प्रबन्धक अरुण…