गिरिजाप्रसाद कोइरालालाई मानिसहरूले फरक फरक तरिकाले अथ्र्याए। कसैका लागि उहाँ चतुर राजनीतिक खेलाडी हुनुहुन्छ भने कसैका लागि औसत राजनीतिज्ञ। कसैले उहाँलाई कोइराला परिवारले स्थापित गरिदिएको पात्रको बुझे, कसैले स्वंय–निर्मित व्यक्तित्व। उहाँलाई विभिन्न तरिकाले बुझ्ने प्रयत्न गरिएता पनि सग्लो बुझाइ भने भएको पाइँदैन। कोही पनि व्यक्तिको सामाजिक जीवन र कार्यपद्धतिलाई उसको हुर्काइ, सम्बन्ध, संगत, व्यक्तिगत आचरण,…