काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ । महानगरका अनुसार ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका छन् । त्यही सूची महानगरपालिकाले गोरखापत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरेको हो । विद्यालयहरूले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका…