लहान । सिरहाका मिटरब्याज पीडितहरू जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन्। उनीहरू बुधबार बेलुकीदेखि खुला आकाशमुनि धर्नामा बसेका हुन्। बुधबार दिउँसो सिरहा जिल्ला अदालत परिसरमै साहुबाट मिटरब्याज पीडितमाथि कुटपिट भएपछि उनीहरू सामूहिक धर्नामा बसेका हुन्। सिरहा विष्णुपुरका मिटरब्याजी श्याम निरौलाले पीडितहरू ककुलती देवी यादव र सुकुमारी देवी साहमाथि कुटपिट गरेका थिए। निरौलामाथि अनुचित लेनदेनका…