बारा । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापा मारी पक्राउ परेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो । करिब ३ सयको संख्यामा आएका स्थानीयले १५ जनाको संख्यामा रहेकाे प्रहरी टोलीमाथि ढुंगामुढा गरी…