भैरहवा । सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिंग बनेको छ । पर्यटकलाई लक्षित गरी सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाउने भनि बनाइएको सिद्धार्थ राजमार्गमा अवस्थित गेट नजिकै अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापन गर्ने गरेको छ । नाकाबाट केही दुरी भित्र रहेको प्रवेशद्वार बुद्धत्व झल्कने लक्ष्यले बनाइए पनि अहिले सोही नगरपालिकाले नगरको फोहोर…