नेता पदबाट हटे पनि मुख्यमन्त्री नछोड्ने लामाको अडान

हेटौँडा – बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा दलको नेताबाट पदमुक्त भएका छन्। मंगलबार दलको कार्यालयमा भएको मत विभाजनमार्फत दर्ता गरिएको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन्। दलको नेताबाट हटेपछि मुख्यमन्त्री पदबाट समेत राजीनामा दिने अपेक्षा गरिएको भए पनि लामाले पद नछोड्ने अडान लिएका छन्। नेपाली कांग्रेस बागमती संसदीय दलको विधानअनुसार…