काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेको निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको एक साता पूरा भइसकेको छ। तर सेना कहिलेबाट फिल्डमा खटिन्छ भन्नेचाहिँ अझै प्रस्ट भइसकेको छैन। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले मंसिर ११ गते सेना परिचालनको स्वीकृति दिएका थिए। राष्ट्रपतिले स्वीकृति दिएकै भोलिपल्ट रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री…