भेला समापनमा गएनन् पूर्णबहादुर, देउवा समूहबाट पनि अलग हुने संकेत

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन कार्यक्रममा सहभागी भएनन्। पूर्वसभापति शेरबहादुर देउवाका निकट मानिने खड्का पछिल्लो समय इतर समूहले अघि बढाएको समानान्तर राजनीतिक गतिविधिप्रति असन्तुष्ट रहेको स्रोतको दाबी छ। जेनजी आन्दोलनपछि सभापति देउवाले आफू राजनीतिबाट विश्राम लिने घोषणा गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।…