रसुवागढी भन्सार प्रमुखसहित ९ कर्मचारीको जिम्मेवारी खोसिएको छ। भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई सहित ९ जनालाई जिम्मेवारीमुक्त गरी उनीहरूलाई विभागमा तानिएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ। रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले गरेको सिफारिसअनुसार जेठ २० गते थप अनुसन्धानका लागि…