देउवामाथि गगनको टिप्पणी – पाँच पटक प्रधानमन्त्री हुँदा पनि असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसके पनि छैटौं पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपाली राजनीतिमा जिम्मेवारी र राजकीय पदप्रतिको मोह बढ्दै गएको प्रसंगमा देउवाको उदाहरण प्रस्तुत गरेका हुन् । उनले भने, ‘पाँच पटक प्रधानमन्त्री भएको…