रसुवा । बुधबार बिहान लेन्दे खोला (भोटेकोसी)मा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। बाढीले रसुवा नाकास्थित टिमुरेसहित दुईवटा बजार र रसुवा भन्सार क्षेत्रमा ठूलो क्षति गरेको हो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले टिमुरे र त्यससँगैको अर्को बजार तहसनहस पारेको छ। भन्सार क्षेत्रमा रहेका ठूलो संख्याका सवारीसाधन तथा अन्य सामग्रीसमेत…