काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आइतबार सुरु गर्ने चीनको चारदिने औपचारिक भ्रमणलाई बेइजिङले नेपालको नयाँ सरकारसँग सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा लिएको संकेत दिएको छ । चीनले विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाको कार्यान्वयनमा प्रगति, राजनीतिक विश्वासको विस्तार तथा व्यावहारिक सहकार्यलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता…