हर्कको प्रश्न – ‘नेपालको रक्षामन्त्री को हो, संसद्‌मा ल्याइदिनुपर्‍यो’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको…