काठमाडाैँ । साताकाे चाैथाे काराेबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५.३१ अंकले बढेर २ हजार ९७.५५ अंकमा कायम भएको हो । आज विभिन्न २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँमा खरिदबिक्री भएका…