काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको सुरूवात गरेको छ। आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन्। विभागका महानिर्देशक रूद्रसिंह तामाङले फागुन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरू हुने बताए। ‘हाल बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने…