बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ का किसानले स्थानीय जातका भैँसीबाट उत्पादित दूधको आफ्नै ब्रान्ड बनाउने तयारी गरेका छन् । रिस्मी गाउँभरीका किसानले पालेका स्थानीय लिमे र पाराकोटे जातका भैँसीको दूध संकलन केन्द्र बनाएर ब्रान्ड गर्ने तयारी गरेका हुन् । छुट्टै संकलन केन्द्र बनाएर दूध ब्रान्ड गर्ने र प्याकिङ गरेर बजार पठाउने तयारी भएको स्थानीय अग्निधर…