बागलुङ । ‘एक गाग्री पानी भर्न २ घन्टा कुर्नुपथ्र्यो, अहिले यो गाउँका सबै घरमा धारा बनेका छन्, हाम्रो वर्षौँदेखिको समस्या समाधान भयो ।’ बागलुङ नगरपालिका–६ लमगाउँकी अनकली थापा अहिले ५० वर्षकी भइन् । उनले थाहा पाउने भएदेखि यो गाउँमा खानेपानीको हाहाकार थियो । जिल्ला सदरमुकाम नजिकैको गाउँ भए पनि लमगाउँमा खानेपानीको समस्या वर्षौँदेखि थियो ।…