मल्लकालीन ढुंगेधारामा अहिले पनि झर्छ पानी, स्थानीयलाई भने ट्यांकरकाे भर !

ललितपुर । ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुंगेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छैन । अझै अध्ययनको विषय छ । सौगल टोलको ढुंगेधारामा पानी आइरहेको भए पनि धारासँगै लेखिएको छ, 'पानी फोहोर भएको कारणले नखाइदिनुहोला ।' ऐतिहासिक ढुंगेधाराबाट झरेको पानी दूषित भएकाले प्रयोगविहीन भएको छ…