चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भत्काउन निर्देशन

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा-५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि भत्काउन निर्देशन दिएको छ। अनुगमनका क्रममा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरेको पाइएपछि गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले संरचना भत्काएर फेरि बनाउन निर्देशन दिएको हो। गाउँपालिका प्रमुख अरूणादेवी राईका अनुसार २ वर्षअघि निर्माण सम्पन्न…