जाजरकोट । उखाले–तल्लु आयोजनाका लागि २ कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ । नलगाड नगरपालिका र भौतिक पूर्वाधार विकास कार्यालयबाट एउटै आयोजनाका लागि दोहोरो भुक्तानी लिएको पाइएपछि भौतिक पूर्वाधार विकास कार्यालयबाट लिइएको रकम उपभोक्ता समितिले फिर्ता गरेको कार्यालय प्रमुख स्वहिन्दर यादवले बताए । उनका अनुसार उक्त सडकको डिपिआर नगरपालिकाले गरेको थियो…