डोटीमा कसले ताेडफाेड गर्‍याे स्कुल ?

काठमाडाैँ । डोटीको सायल गाउँपालिका -२ ग्वानीमा रहेको जनज्योति आधारभूत विद्यालयमा तोडफोड भएको छ । बिहीबार राति अज्ञात व्यक्तिले विद्यालयमा तोडफोड गरेको वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘विद्यालयको ताला तोडी कार्यालयभित्र रहेका विभिन्न कागजात च्यातेर यत्रतत्र फालिएको अवस्थामा फेला परेका छन् ।’ विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेको र बाहिर सडकमा फालेका…