नवलपरासी । बर्दघाट सुस्तापूर्वनवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रुपमा स्थापना गरिएको उक्त अस्पताललाई विसं २०७५ फागुनमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । जिल्ला अस्पतालमा विस्तार गरिएको ५ वर्ष पुग्दासमेत व्यवस्थित भवन निर्माणले पूर्णता पाउन सकेको छैन ।…