काठमाडौं। भुटानी वायुसेवा कम्पनी ड्रुक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पारो-पोखरा चार्टर उडान अनुमति मागेको छ। उसले आगामी सेप्टेम्बर ९ मा चार्टर्ड उडानको अनुमति मागेको हो। लगत्तै कम्पनीले पारो(पोखरा नियमित उडान गर्ने योजना सुनाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। ‘ड्रुक एयरबाट पोखरामा चार्टर्ड उडानको प्रस्ताव आउनु हाम्रो लागि गौरवको कुरा हो,’ भुलले भने,…