अब हट्नेछ नारायणगढ–मुग्लिन सडककाे सास्ती, शक्तिखोर–फिस्लिङ खण्डकाे निर्माण अन्तिम चरणमा

चितवन । असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घण्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन् । कतिपय यात्रु त अत्यावश्यक काम हुँदा पनि पहिराका कारण गन्तव्यमा पुग्न सक्दैनन् । यो सडक खण्डमा यस वर्ष मात्र होइन, प्रत्येक वर्ष पहिरोले दुःख दिने गरेको छ ।…