शिवशिखरले बचतकर्ताको ४ करोड ६१ लाख बचत फिर्ता गरेन

म्याग्दी । यहाँस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको ४ करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ…