सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको टीकापुर नगरपालिका राजनीतिक र ऐेतिहासिक थलोका रूपमा परिचित छ । २०२४ सालमा राजा महेन्द्र स्वास्थ्य लाभका लागि १ महिना यही टीकापुरमा आएर बसेका थिए र त्यस अवधिभर महेन्द्रले यहीँबाटै देशको शासन सञ्चालन गरेका थिए । २०५४ सालमा नगरपालिका घोषणा भएको यस ठाउँलाई राजनीतिक रूपमा पनि महत्वपूर्ण मानिन्छ । २०७२ साल भदौ…