काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडाैँ उपत्यकाकाे फोहोर व्यवस्थापनसम्बन्धी छलफल गर्न बोलाएको बैठकमा नगएका काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह मंगलबार भने सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेटैका छन् । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै भेट्न नमानिरहेका मेयर बालेन आज सिंहदरबारमा प्रधानमन्त्रीले बाेलाएका बैठकमा पुगेका हुन् । यससँगै बागदरबार र सिंहदरबारबीचकाे चिसिएकाे सम्बन्धमा सुधार आएकाे छ…