सरकारी स्कुलमा महिला ‘हेडसर’, पारदर्शिता र रिजल्टमा पनि अब्बल

दाङ । घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका ९३ वटा सामुदायिक विद्यालयमध्ये १४ वटा विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हालेकी छिन् । शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उनले २०७६ सालदेखि प्रअको भूमिका निर्वाह गर्दै आएकी हुन् । 'शिक्षकमात्र हुँदा जिम्मेवारी धेरै…