सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको १ करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए। उनका अनुसार सिन्धुली र मकवानपुरमा अव्यवस्थित रूपमा बसोबास गरिरहेका लोपोन्मुख पहरी जातिलाई नगरपालिकाको…