उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङले लगाए ताला, भने– घिसार्दै निकाल्न नपरोस् !

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले सोमबार उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका हुन् । मेयर साम्पाङले आफूले लगाएको ताला कसैलाई नखोल्न चेतावनी दिएका छन् । उनले आवश्यक परे…