काठमाडौं । कोसी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस सांसद् केदार कार्कीले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन्। शनिबार मुख्यमन्त्रीमा नियुक्ति भएका उनी आज बिहान बालकोट पुगेका हुन्। शनिबार काठमाडौं आएका कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई निवासमै गएर भेटेका थिए। स्रोतका अनुसार कार्कीलाई देउवाले गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि…